
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । तीन वर्षदेखि घोराही बजारका अलपत्र सडक कालोपत्रे गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीका कारण घोराही उपमहानगरपालिका–१५ अन्तर्गत सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक कालोपत्रे गर्न थालिएको हो ।
नेपाल बैंकदेखि जिल्ला प्रशासन कार्यालयसम्मको करिब एक हजार २४४ मिटर सडक ६ महिनाभित्र विस्तारसँगै कालोपत्रे गर्ने गरी २०७७ माघ ८ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । सम्झौता अनुसार वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्नले नेपाल बैँकदेखि सहिदगेटसम्मको सडक कालोपत्रे गरेपनि सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक कालोपत्रे नगर्दा विगत तीन वर्षदेखि अलपत्र परेको थियो ।
सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ असार ३१ गतेसम्म काम सक्नुपर्ने भए पनि निर्माण कम्पनीले काम नगर्दा अहिलेसम्म सडक कालोपत्रे हुन सकेको थिए । लामो समयसम्म पनि सडक कालोपत्रे गर्ने काम नभएपछि नयाँ निर्माण कम्पनीमार्फत अहिले अक्सपाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्ने काम गरिएको घोराही उपमहानगरपालिकाका इन्जिनियर सन्दीप घिमिरेले जानकारी दिनुभएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij