
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ ।
एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ ।
साथै दोस्रो स्थानमा रहेको भारतको कोलकातको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा मङ्गोलियाको उलानबाटरको एक्यूआई दुई सय ३८ छ । साथै चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँ दिल्लीको एक्यूआई दुई सय २७ एक्यूआई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij