
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । रौतहटको यमुनामाइ गाउँपालिकाको बमनहर चोकबाट प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा नेपाल ल्याएर विभिन्न सवारीमार्फत लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार यमुनामाइ गाउँपालिका वडा न ४ बमनहर चोकमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यलय र मातहतबाट खटिएको टोलिले विभिन्न सवारी र पैदल यात्री लाई चेकजाँच गर्ने क्रममा फेला परेको उनले जानकारी दिए ।
प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना १ ह ७२०८ को अटो रिक्साबाट एक लाख ३७ हजार ५ सय २१ रुपैया बराबरको चिनी र कपडा बरामद गरेको उनले बताए । अटो रिक्साको मूल्याकंन २ लाख गरी तीन लाख ३७ हजार ५ सय २१ रुपैया कायम गरी गौर भन्सार कार्यालयमा बुझाइएको रौतहटका प्रहरी निरीक्षक महतोले बताए । पछिल्लो समयमा भारतसँग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij