
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ ।
उडान नं ९५३ नम्बर कल साइन नाइन एन–एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिँदा काठमाडौँ डाइर्भट गराइएको बुद्ध एयरले जनाएको हो । जहाज ११ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो ।
जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij