Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पूर्व आइजीपी खनालले ‘एमाले’ छाडेको गरे घोषणा

पूर्व आइजीपी खनालले ‘एमाले’ छाडेको गरे घोषणा

  • पोखरा : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा गरेका छन् ।

    images
    images
    images

    सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै पूर्व आइजीपी खनालले आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् । आफ्ना आफन्त एवम् शुभचिन्तकहरु आफ्नो राजनीतिक स्थिति बारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आफ्नो स्टाटसमा लेखेका छन्, “म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन।

    म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।” खनालले आफू राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुयाउन र राष्ट्रलाई महान बनाउन आफु र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्,“म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।” पूर्व आइजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधि सभा चुनाबमा एमालेका उम्मेदवार बनी रास्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।

    उनको स्टाटस यस्तो छ, ‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुयाउन र हाम्रो राष्ट्रलाई महान बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ ।  म देश र जनताको हितका लागि सधैं लडिरहनेछु धन्यवाद ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij