
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् ।
उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ । ‘बालेनजीले गीत रेकर्ड गरिसक्नुभएको छ,’ फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेले भने । उनका अनुसार अहिले अर्का गायक मिस्टर डीले उक्त गीतको बाँकी काम हेरिरहेका छन् ।
घिमिरेका अनुसार केही समयअघि नै यो गीतको रेकर्ड भइसकेको छ । गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ । यो फिल्म १४ फागुनमा प्रदर्शन तयारीमा छ । स्रोतका अनुसार बालेनसँग भिडियो बन्न बाँकी झण्डै २० गीत छन् ।
जसमध्येबाट एक गीत छानेर ‘लाज शरणम्’को लागि रेकर्ड गरिएको हो । ‘देशका लागि फिल्म बनाएका हौं । बलिदान, स्याभेज, मार्फाको मदिरा, स्टे ट्रु, गोर्खाली तोप, यथार्थ बालेनका चर्चित गीत हुन् । स्पोटीफाइका पछिल्लो तथ्यांकअनुसार प्लाटफर्ममा उनलाई मासिक १५ हजार ७०० पटक सुन्ने गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij