
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं : अमेरिकाको ट्रम्प इन्टरनेसनल होटल अगाडि टेस्ला गाडी पड्किएको छ । टेस्ला साइबरट्रक लस भेगासमा बुधवार पड्केको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
गाडी पड्केर चालकको मृत्यु भएको छ भने अरू सात नजिकका घाइते भएका छन् । डोनाल्ड ट्रम्पको स्वामित्वको संरचना र फेसन सो क्षेत्रमा गाडी पड्केको हो । अमेरिकी च्यानल एबीसीले पड्केको कुरालाई आतंकवादसँग जोडेर अनुसन्धान गर्ने बताएको छ ।
अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पको संरचना छेउमा उनका निकट व्यापारिक मित्र एलन मस्कको स्वामित्वको सवारी पड्किएकोले अहिले त्यो घटनाको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij