Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

विश्वकै धनीहरुको सूचीको १८४१ स्थानमा छन् विनोद चौधरी 

विश्वकै धनीहरुको सूचीको १८४१ स्थानमा छन् विनोद चौधरी 

  • काठमाडौं : फोर्ब्स म्यागजिनले हरेक समय विश्वका धनी व्यक्तिहरुको सूची सार्वजनिक गर्ने गर्दछ । हरेक समय व्यक्तिको आम्दानीको हिसाव गर्दा सूचीमा कहिले माथि उक्लन्छन् भने कहिले तल झर्छन् । विश्वकै धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा टेस्लाका मालिक एलन मस्क कायम छन् ।

    मस्कको आम्दानी ४३६।८ बिलियन अमेरिकी डलर रहेको छ । विश्वकै धनी व्यक्तिहरुको सूचीको दोस्रो स्थानमा एमजोनका मालिक अमेरिकाका जेफ बेजोस रहेका छन् । उनको नेट वर्थ २३७।५ बिलियन अमेरिकी डलर छ । तेस्रो स्थानका ल्यारी एलिसनको नेट वर्थ २१३।३ बिलियन अमेरिकी डलर छ । चौथो स्थानमा भने फेसबुकका मालिक मार्क जुकरर्बक छन् ।

    उनको नेट वर्थ २०७।४ बिलियन अमेरिकी डलर रहेको छ । फोर्ब्सको रियलटाइम अनुसार नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वका धनीहरुको सूचीमा १८४१ औं स्थानमा छन् । प्रतिनिधि सभासदस्य समेत रहेका उद्योगी चौधरीको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर अर्थात २ खर्ब ४६ अर्ब ७२ करोड नेपाली रहेको छ । चौधरी सिजि ग्रुप ग्लोबल, नबिल बैंक, सिजि फुड्सलगायतका विभिन्न कम्पनीसँग आवद्ध रहेका छन् ।

    नेपालसँगै भारत, सर्विया, बंगलादेश, पाकिस्तानलगायतका विभिन्न देशमा पनि उनको व्यवसाय फैलिएको छ। त्यस्तै, सिजि ग्रुपअन्तर्गतबाट १४३ वटा व्यवस्थापन तथा स्वामित्व लिइएका होटलहरुको चेनसमेत रहेको छ  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij