Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महोत्तरीमा बस दुर्घटनाः २२ जना घाइते

महोत्तरीमा बस दुर्घटनाः २२ जना घाइते

  • काठमाडौं । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर रातोपुलमा दुर्घटना हुदाँ २२ जना घाइते भएका हुन् ।

    images
    images
    images

    जनकपुर आउँदै गरेको बस एक्कासी नियन्त्रित भइ पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवार मध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउत गम्भिर घाइते छन् । अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij