Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कमेडी च्याम्पियन-२ का प्रतिस्पर्धी महराको मोटरसाइकल दुर्घटनामा निधन

कमेडी च्याम्पियन-२ का प्रतिस्पर्धी महराको मोटरसाइकल दुर्घटनामा निधन

  • काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका पूर्वप्रतियोगी हिक्मत महराको दुर्घटनामा निधन भएको छ । कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा उनले ज्यान गुमाएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार महराले चलाएको २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर नजिक रोकिराखेको ट्रकमा अनियन्त्रित भएर ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij