
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक येओललाई यात्रामा प्रतिबन्ध लगाएका छन् ।
गत मंगलबार आफ्नो अल्पकालीन मार्शल ल घोषणाको लागि अनुसन्धानमा रहेका राष्ट्रपति युनलाइ विदेश यात्रामा प्रतिबन्ध लगाएका हुन् । उनले मार्शल ल लागु गरे पनि त्यहाँकाे संसदले कम्तीमा ३ घण्टामा खारेज गरिदिएकाे थियाे ।
सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान बहिष्कार गरेपछि महाभियोग प्रस्तावबाट बचेका राष्ट्रपति युनलाई यात्रा प्रतिबन्ध लगाइएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पीपी सदस्यहरूका अनुसार युनले आफ्नो कार्यकाल छोटो बनाउने र विदेश तथा आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि उनीहरूले प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij