Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

छविलाई पोखराबाट पर्सा लगियो, अब रविको पालो

छविलाई पोखराबाट पर्सा लगियो, अब रविको पालो

  • काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पर्सा लगिएको छ । उनीसँगै अर्का आराेपी रामबहादुर खनाललाई पनि पर्सा लगिएको प्रहरी स्रोतले जनाएको छ ।

    images
    images
    images

    सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न जोशी र खनाललाई राति स्थलमार्ग हुँदै पर्सा लगिएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी भएको छ । उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

    काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij