
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ककनी गाउँपालिका-२ का नवनिर्वाचित वडा अध्यक्ष कृष्ण घिमिरे मिलनले मंगलबार पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका छन् । मंगलबार ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ समक्ष शपथ लिएका नवनिर्वाचित वडाअध्यक्ष घिमिरेले वडा कार्यालय पुगेर पदभार सम्हालेका हुन् ।
वडा कार्यालयमा वडाअध्यक्षको कार्यभार सम्हाले लगत्तै बसेको वडा सदस्यसहितको बैठकमा घिमिरेले लामो समयदेखि समस्याका रुपमा रहेको सिसडोलको फोहोर व्यवस्थापनलाई दिगोरुपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij