Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इमरान खानका समर्थकहरूले आफ्नो विरोध अस्थायी रूपमा फिर्ता लिए

इमरान खानका समर्थकहरूले आफ्नो विरोध अस्थायी रूपमा फिर्ता लिए

  • काठमाडौं । पाकिस्तानमा इमरान खानका समर्थकहरूले अस्थायी रूपमा आफ्नो प्रदर्शन फिर्ता लिएका छन् । पाकिस्तानमा पीटीआईका कार्यकर्ता र समर्थकहरूले इमरान खानको रिहाइको माग गर्दै केही दिनदेखि प्रदर्शन गरिरहेका थिए ।

    images
    images
    images

    इमरानका समर्थकहरूले उनी रिहा नभएसम्म इस्लामाबाद नछोड्ने र पछि नहट्ने अडान राखेका थिए ।

    इमरानका समर्थकहरुले मंगलबार प्रहरीको ब्यारिकेड तोडेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई पछाडि धकेल्न अश्रुग्यास प्रहार गरेको थियो ।

    इमरान खानको रिहाइको लागि भएको आन्दोलनमा हालसम्म ६ जनाको ज्यान गइसकेको छ ।

    मृत्यु हुनेमा चार सुरक्षाकर्मी र दुई सर्वसाधारण रहेका छन् । पीटीआईले बुधबार एक विज्ञप्तिमा भनेको छ, “सरकारको क्रूरताका कारण विरोध प्रदर्शन अस्थायी रूपमा रद्द गरिएको छ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij