
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
मंगलबार बालुवाटार पुगेर परियारले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको ओलीको सचिवालय स्रोतले बताएको छ । भेटमा के विषयमा कुराकानी भएको भने खुलाइएको छैन ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बेलामा परियारले ओलीलाई भेटेका हुन् ।
लामिछानेलाई केही दिनमा सहकारीको विषयमा काठमाडौं ल्याउने प्रहरीको तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij