Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

कर्णाली डेभलपमेन्ट बैंक समस्यामा, कारोबारमा रोक

कर्णाली डेभलपमेन्ट बैंक समस्यामा, कारोबारमा रोक

  • काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्यामा रहेको पाइएको छ । नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको यो बैंक समस्यामा देखिएकोले नेपाल राष्ट्र बैंकले निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको निरीक्षण गरेको थियो । उक्त निरीक्षणमा कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले बैंक समस्याउन्मुख रहेको पाइएको थियो ।

    images

    बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही अघि बढाएको जनाएको छ ।

    ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij