Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पासपोर्ट सेवा पूर्ण सञ्चालनमा आउन हुन दुई साता लाग्ने

पासपोर्ट सेवा पूर्ण सञ्चालनमा आउन हुन दुई साता लाग्ने

  • काठमाडौं । राहदानी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने राहदानी विभागले जनाएको छ । यही मंसिर ६ गतेदेखि राहदानी आवेदन प्रणालीमा समस्या आएको र यसको पूर्ण समाधानका लागि दुई साता लाग्ने विभागले सूचनामार्फत जनाएको हो ।

    images
    images
    images

    विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको सूचनामा उल्लेख छ । यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको समेत विभागले जनाएको छ ।

    एक-दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागलेको भनाइ छ । विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको बताएको छ ।

    सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला, इलाका प्रशासन र विदेशस्थित नियोगमा राहदानी सेवा बन्द गर्नुपरेको विभागलेको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij