
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । लेबनानले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमाण्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिना चेतावनी यो हमला गरिएको हो ।
यस आक्रमणमा एक आठ तले आवासीय भवन ध्वस्त भएको थियो । यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले उक्त हमलामा तथाकथित बंकर बस्टर बम प्रयोग गरिएको बताएको छ । इजरायलले यो हतियार हसन नसरल्लाह लगायत हिजबुल्लाहका वरिष्ठ नेताहरूलाई मार्न प्रयोग गरेको थियो ।
यस हमलामा शनिबार मृत्यु हुनेको संख्या १५ बाट बढेर २० पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले ६० जनाभन्दा बढी घाइते भएको र पीडितको संख्या अझै बढ्न सक्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij