Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३ देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ ।
प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारबाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन लागेको यस मेला÷प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया÷सेवा प्रदायकहरुको सहभागिता हुनेछ भने मेलाको सहआयोजक भारतको कम्प्लाष्ट रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij