
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना भएका छन् । शिव सेना शिन्दे गुटका नेता समेत रहेका उनी आफ्नो दलका उम्मेदवारको प्रचारप्रसारका लागि रोड शोमा सहभागी भएका थिए ।
चुनाव प्रचारप्रसारका क्रममा उनको छातीमा दुखाइ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यले जानकारी दिएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार गोविन्दा शिव सेना (शिन्दे गुट)का उम्मेदवारहरूका लागि भोट माग्दै पचोरामा रोड शोमा सहभागी थिए । अचानक उनको छातीमा दुखाइ बढेपछि गोविन्दा र्याली बिचमै छाडेर अस्पताल पुगेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij