
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार साँझ ७ बजे ७ मिनेट घन्टी बजाउने भएको छ । भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध घन्टी बजाउन लागिएको रास्वपाले जनाएको छ ।
आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरुप घन्टी बजाउन लागेको हो ।
२०७९ सालको आम निर्वाचनबाट राजनीतिको मूलधारमा उदाएको रास्वपा मुलुकको चौथो ठूलो दल हो ।
‘आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं ।’ रास्वपाले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij