
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । गाजाको बेत लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी हालसम्म ३४ जनाको मृत्यु भएको छ । स्थानीय नागरिक सुरक्षा निकायले सो जानकारी दिएको बीबीसीले जनाएको छ ।
एएफपीले एजेन्सीलाई उद्धृत गर्दै आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ । आक्रमणमा सात जना घाइते भएका छन् ।
इजरायली सेनाले हमासलाई पुन: संगठित हुन नदिन उत्तरी गाजामा आक्रमण गरिरहेको बताएको छ । इजरायली आक्रमणका कारण विगत पाँच हप्तामा १.२५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसमा १,२०० जनाको मृत्यु भएको थियो । इजरायलको जवाफी कारबाहीका कारण गाजामा हालसम्म ४४ हजार मानिसले ज्यान गुमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij