Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

महिला टी–२० मा राजविराज च्याम्पियन

महिला टी–२० मा राजविराज च्याम्पियन

  • काठमाडौं । प्रथम नेपाल हब महिला टी–२० क्रिकेटको उपाधि पाहुना टोली राजविराजले जितेको छ ।

    images
    images
    images

    सोमबार भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई आठ विकेटले हराउँदै च्याम्पियन बनेको हो । तीन खेलको सिरिज राजविराजले २–१ ले आफ्नो पक्षमा रार्न सफल भयो । 

    नेपाल क्रिकेट फाउन्डेसनको आयोजना तथा क्रिकेट विथ बाउण्ड्रीको सहयोगमा भएको प्रतियोगिताको अन्तिम दिन टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९९ रन बनाएको थियो ।

    विराटनगरका लागि रानु राजवंशीले २२ रन बनाउनुभयो । काजल राजवंशीले १० रन जोड्नुभयो । बलिङमा राजविराजकी सुस्मिता यादवले दुई तथा अपेक्षा यादव, दीपा राम र साक्षी यादवले एक एक विकेट लिनुभयो । 

    जितका लागि एक सय रनको लक्ष्य पछ्याएको राजविराजले १७।१ बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । राजविराजकी प्लेयर अफ दि म्याच साक्षी यादवले  ५४ बलमा एक छक्का र ६ चौकाको सहयोगमा अविजित ५६ रन बनाउनुभयो । बलिङमा विराटनगरकी सानु राजवंशीले एक विकेट लिनुभयो । 

    प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव र उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव घोषित हुनुभयो । विजेतालाई कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजितराज पाण्डे , मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद सादबावु कुरैसीलगायतले पुरस्कार प्रदान गर्नुभयो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij