
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । मंसिर १५ गतेबाट शुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिमहरुले तयारी गरिरहेका छन् । टिमले विदेशी खेलाडीको अनुबन्धको चरणलाई अन्तिम चरणमा पुर्याएका छन् भने केही विदेशी कोच र मेन्टरसमेत नेपाल आइसकेका छन् ।
यसैबीच दक्षिण अफ्रिकी खेलाडी समेत रहेका एनपिएलकै सबैभन्दा महंगो टोली पोखरा एभेन्जर्सका मेन्टर जोन्टी रोड्स नेपाल आइसकेका छन् ।
यद्यपि नेपाल क्रिकेट संघ र नेपाल प्रिमियर लिगले आधिकारिक रूपमा यसबारे जानकारी गराइसकेको छैन । पहिलो सिजनका लागि हरेक टोलीको ७ देखि १० करोड रुपैयाँ खर्च हुने नेपाल क्रिकेट संघले बताउँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij