
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । कर्णाली यश्विसले अपराजित रहँदै ललितपुर क्विन्सविरुद्ध आज शनिबार एभरेस्ट महिला भलिबल लिगको फाइनल खेल्ने भएको छ ।
शुक्रबार राति कर्णालीले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराएको थियो । हारले काठमाडौं फाइनल पुग्न सकेन ।
अघिल्लो खेलमा ललितपुरले चितवन शक्तिलाई हराएपछि काठमाडौंलाई फाइनल पुग्न जित आवश्यक थियो । तर पहिलो सेट २५-२३ ले आफ्नव पक्षमा पारेको काठमाडौंले त्यसलाई निरन्तरता दिन सकेन । अन्ततः ३-१ सेटले गुमायो । त्यसपछि २५-१४, २५-२३, २५-१२ ले लगातार सेट जितेर कर्णाली यश्विस (१३) ले आफूलाई उपाधि दाबेदार बनाएको हो ।
फाइनल पुग्ने दोस्रो टोली ललितपुर क्विन्स बन्यो । फाइनल पुग्ने होडमा रहेका काठमाडौं ९ अंक सीमित रहँदा ललितपुरको १० अंक थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij