Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

भूकम्पविद् भट्टराईलाई विद्यावारिधिको उपाधि

भूकम्पविद् भट्टराईलाई विद्यावारिधिको उपाधि

  • काठमाडौँ । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् मुकुन्द भट्टराईलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । 

    images
    images
    images

    बीस वर्षदेखि भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भट्टराईलाई जापानको टोकियो विश्वविद्यालयले मङ्गलबार विद्यावारिधिको उपाधि प्रदान गरेको हो । उहाँले विद्यावारिधिका क्रममा गोरखा भूकम्पपछि काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम आकलन गरी आगामी भूकम्प जाँदा त्यसले भौतिक संरचनामा पार्नसक्ने क्षतिको बारेमा अध्ययन गर्नुभएको थियो । भट्टराईले सन् २०१६ मार्चमा विद्यावारिधिका लागि शोध अनुसन्धान शुरु गर्नुभएको थियो । 

    images

    विसं २०३१ मा अर्घाखाँचीको सुवर्णखाल गाविस–६ मन्द्रेमा जन्मनुभएका भट्टराईले श्री ज्योति माध्यामिक विद्यालय ठाडा अर्घाखाँचीबाट एसएलसी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट आइएस्सी र बिएस्सी तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमएस्सी उत्तीर्ण गर्नुभएको थियो । उहाँले इन्टरनेशनल इन्स्टिच्युट अफ सिस्मोलोजी एण्ड अर्थक्वेक इञ्जिनीयरिङ जापानबाट पोष्ट ग्र्याजुएट र नेशनल ग्र्याजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिज टोकियोमा मास्टर अफ डिजास्टर म्यानेजमेन्ट अध्ययन गर्नुभएको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij