Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

लेबनानमा इजरायली ८ सैनिक मारिए

लेबनानमा इजरायली ८ सैनिक मारिए

  • काठमाडौं । लेबनानमा ८ इजरायली सैनिक मारिएका छन्। लेबनानमा जारी द्वन्द्वमा हालसम्म कूल आठ इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

    यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन ईथन यित्जाकको रूपमा खुलासा गरिएको थियो । ईथन २२ वर्षका थिए । उनी लेबनानमा स्थल कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए ।

    इजरायली रक्षा बलका अनुसार २२ वर्षीय क्याप्टेन इगोज युनिटको टोली कमान्डर थिए, जुन एक एलिट कमाण्डो समूह हो । मृत्यु हुने थप सात सैनिकहरूमध्ये तीन इगोस इकाईकै थिए ।

    यता, लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । लेबनानी अधिकारीहरूका अनुसार यो आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij