
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टोली सुदूरपश्चिम रोयल्सले मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ ।
सुदूरपश्चिमले सामाजिक सञ्जालमार्फत् टमाटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ । टमाटालाई टोलीमा भित्र्याउन पाउँदा निकै गर्व महसुस गरेको सुदूरपश्चिमले जनाएको छ । टमाटाले नेपालको राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
नेपाली क्रिकेटमा टमाटाको लिगेसीलाई उनको क्रिकेट प्रतिको समर्पणको आधारमा परिभाषित गर्न सकिने सुदूरपश्चिमले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij