Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काठमाडौँबाट जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

काठमाडौँबाट जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

  • काठमाडौं । काठमाडौँका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । काठमाडौँ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे घर भई बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं, कागेश्वरी सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij