Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

क्रिकेटबाट सन्यास लिँदै शकिब

क्रिकेटबाट सन्यास लिँदै शकिब

  • काठमाडौं । बंगलादेश क्रिकेट टोलीका अलराउन्डर शकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट सन्यास लिने तयारी गरेका छन् ।

    images
    images
    images

    अक्टोबर–नोभेम्बरमा हुने दक्षिण अफ्रिकाविरुद्धको सिरिज उनको अन्तिम टेस्ट सिरिज होस् भन्ने उनको चाहना छ । भारत भ्रमणमा रहेका शकिबले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

    दक्षिण अफ्रिकी टोली अर्को महिना टेस्ट सिरिज खेल्न बंगलादेश जाँदैछ । यदि शकिबलाई दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजका लागि छनोट भएन भने कानपुर टेस्ट उनको अन्तिम टेस्ट म्याच हुन सक्छ ।

    हसनविरुद्ध दुई महिनाअघि राजधानी ढाकासहित विभिन्न शहरमा भएको विद्यार्थी आन्दोलनमा भएका हत्याका घटनामा संलग्न रहेको आरोपमा मुद्दामा दर्ता भइसकेको छ । उनलाई यसअघि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशको टोलीबाट पनि हटाउन माग गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij