
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।मंगलबार स्वदेश फर्किएकी उनलाई राखेपका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।
चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी थिइन् ।
यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएनन् । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij