Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

  • काठमाडौं । काठमाडौं-कलिङ लिटेटरी फेस्टिभलमा लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान गरिएको छ । हिमालय होटलमा आयोजित समारोहबीच उपाध्यायलाई काली-कर्णालीको लोकसाहित्य ग्रन्थका लागि २० हजार राशिको यशश्वी प्रज्ञा पुरस्कार तथा यशश्वी बुक अवार्ड २०२४ अर्पण गरिएको हो ।

    काली-कर्णालीको लोकसाहित्य तथा संकृतिको लामो खोज तथा अनुसन्धानबाट उत्खनन तथा प्रारुप सामग्री एकितृत गरी उपाध्यायले विशद ग्रन्थ प्रकाशित गरेर नेपाली लोकसाहित्यमा ठूलो योगदान पुर्‍याएको भन्दै आयोजकले उनलाई सम्मान गरिएको जनाएको छ ।

    ९८४ पृष्ठको ग्रन्थमा काली-कर्णाली क्षेत्रको लोकसाहित्य, लोकसंस्कृति, लोकगीत र संगीतका सबै क्षेत्रको विश्लेषण गरिएको छ । सम्मान कार्यक्रमका वक्ताहरूले ग्रन्थ काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको एतिहासिक दस्तवेज भएको बताएका थिए । उनीहरूले पुस्तक अध्ययन गर्दा सिंगो काली-कर्णाली क्षेत्रलाई बुझ्न सकिने धारणा राखेका थिए ।

    उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका स्रष्टा हुन् । भव्य समारोहबीच सम्मानित हुन पाउँदा खुसी र जिम्मेवारी दुवै थपिएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij