Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

ईङल्याण्डका अलराउण्डर मोइन अलीद्धारा सन्यास

ईङल्याण्डका अलराउण्डर मोइन अलीद्धारा सन्यास

  • काठमाडौं । ईङल्याण्डका अल राउण्डर मोइन अलीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ बर्षिय अलीले अस्ट्रेलिया सिरिजमा टिममा छनौट नभएपछि सन्यासको घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनले आफुले ईङल्याण्डको लागि धेरै क्रिकेट खेलेको भन्दै अब आउदो जेनेरेसनले खेल्ने समय भएको बताएका छन् । २०१४ मा ईङल्याण्डका लागि अन्तराष्ट्रिय डेभ्यु गरेका अलीले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी-२० खेल खेलेका छन् ।

    उनले ईङल्याण्डका लागि सबै फर्म्याटमा ६६७८ रनसहित ८ शतक, २८ अर्धशतक र कुल ३६६ विकेट लिएका छन् ।

    उनी ईङल्याण्डका लागि पछिल्लो पटक टी-२० विश्वकपमा भारतविरुद्ध सेमिफाइनल खेलेका थिए । ईङल्याण्डले सो खेल हारेको थियो । अलीले फ्रेन्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij