Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

दीपिका र रणवीर बने आमाबुबा !

दीपिका र रणवीर बने आमाबुबा !

  • काठमडौं । दीपिका पादुकोण र रणवीर सिंह अन्ततः आमा–बुबा बनेका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणले आइतबार (८ सेप्टेम्बर २०२४) मा लक्ष्मी अर्थात् छोरीलाई जन्म दिएकी छिन् । छोरीको आगमनले दीपिका पादुकोण र रणवीर सिंह दुवैको परिवार निकै खुसी छ ।

    दीपिका पादुकोण अस्पतालमा भर्ना हुनु अघि मुम्बईको प्रतिष्ठित सिद्धिविनायक मन्दिरमा भगवान् गणेशको आशीर्वाद लिन पनि पुगेकी थिइन् । दीपिका पादुकोण र रणवीर सिंहले सन् २०१८ को नोभेम्बर महिनामा विवाह गरेका थिए ।

    उनीहरूको विवाहको बी–टाउनमा निकै चर्चा थियो । विवाहको ६ वर्षपछि जोडीले छोरीलाई जन्म दिएका हुन ।

    दीपिका पादुकोण र रणवीरले हालसम्म सामाजिक सञ्जालमा आधिकारिक घोषणा गरेका छैनन्, तर सबै पापराजी पेजमा यो खबर आइसकेको छ । फ्यानहरू जोडीलाई बधाई दिइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij