
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि एक मात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् ।
जारी लिगमा एपीएफको यो पहिलो जित हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो ।
आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij