Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

प्रेमीले आगो लगाइदिएपछि युगाण्डाकी ओलम्पियन रेबेटाको मृत्यु

प्रेमीले आगो लगाइदिएपछि युगाण्डाकी ओलम्पियन रेबेटाको मृत्यु

  • काठमाडौं । युगाण्डाकी ओलम्पिक खेलाडी रेबेटा चेप्टेगीको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनका प्रेमीले पेट्रोल खन्याएर आगो लगाइदिएपछि उनको मृत्यु भएको हो ।

    images
    images
    images

    ३३ वर्षीय म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन् । आइतबारको आक्रमणमा उनी ७५ प्रतिशत जलेको र उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ । 

    केन्यामा बस्ने रेबेटालाई चर्चबाट फर्किंदै गर्दा आक्रमण भएको थियो । रेबेका उत्तरपश्चिमी केन्यामा बसेर प्रशिक्षण लिइरहेकी थिइन् । स्थानीय प्रशासनले दर्ता गरेको मुद्दामा खेलाडी र उनका प्रेमीबीच जग्गा विवाद चलिरहेको आरोप लागेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

    युगान्डा एथलेटिक्स फेडरेसनले लेखेको छ- 'आज बिहान हाम्रा एथलिट मध्ये एक रेबेका चेप्टेगीको मृत्यु भएको घोषणा गर्नु अत्यन्तै दुःखको कुरा हो । उनी घरेलु हिंसाको सिकार भइन् । हामी त्यस्ता कार्यको भत्र्सना गर्दछौं र न्यायको माग गर्दछौं ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij