Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

ट्रम्प र ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुदै

ट्रम्प र ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुदै

  • काठमाडौँ । अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तिब्र गतिमा जारी रहेको छ ।

    यसैबीच रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहेकी कमला ह्यारिसबीच टेलिभिजन बहस हुने भएको छ । यी दुईबीच सेप्टेम्बर १० मा बहस हुने भएको हो । 

    यस अघि ट्रम्प र बाइडेनबीच पहिलो बहस गत जुन २७ मा भएको थियो । सो बहसमा बाइडेनको कम्जोर प्रदर्शनपछि उनले उम्मेदवारी नै छोड्नु परेको थियो ।

    यसैबीच ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी ह्यारिसलाई बिना कुनै अवरोध बोल्न दिने योजना बनाएको बताएका छन् । यो बहस पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर फिलाडेल्फियामा हुने भएको छ ।

    उता ह्यारिसले पनि आफु ट्रम्पसँगको बहसका लागि तयार रहेको बताएकी छन् । पछिल्ला पोलले ट्रम्पलाई ह्यारिसले उछिनेकी छन् ।
         

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij