Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

‘एउटा यस्तो प्रेम कहानी’ लाई पोस्टरको पैसा उठाउन हम्मेहम्मे, कस्तो थियो फिल्म ?

‘एउटा यस्तो प्रेम कहानी’ लाई पोस्टरको पैसा उठाउन हम्मेहम्मे, कस्तो थियो फिल्म ?

  • गएको पुष १० गतेबाट ९ महिनापछि सञ्चालनमा आएका सिनेमा हलमा माघे संक्रान्तिबाट अभिनेता शिव श्रेष्ठ निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको छ । अन्य निर्माता यो समयमा फिल्म प्रदर्शन गर्न तयार नहुँदा अभिनेता श्रेष्ठले जोखिम उठाएका थिए । यो फिल्मले सिनेमा हलमा दर्शक फर्काउनेमा फिल्मकर्मीदेखि हल सञ्चालकसम्म पूर्ण विश्वस्त थिए । 
     
    तर, मल्टीस्टारर यो फिल्मलाई प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको खडेरी लागेको छ । फिल्मले घरेलु बजारबाट शहरका भित्ता(भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा उठाउन समेत हम्मेहम्मे पर्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ बलियो नहुँदा सिनेमा हलमा दर्शक बढ्न सकेका छैनन् । समीक्षकले त यो फिल्मलाई शिव श्रेष्ठको करिअरकै सबैभन्दा कमजोर फिल्म भनेका छन् । 
     
    वितरक गोपालकाजी कायस्थले सिनेमा हलमा फिल्मको अवस्था दयनीय रहेको स्वीकार गरे । उनले भने( ‘बिहीवार केही राम्रो थियो । शुक्रवार विजोग भयो । शनिवार पनि हलमा दर्शकको उपस्थिति त्यस्तो उत्साहजनक थिएन । आइतवारबाट झन् डामाडोल नै छ ।’ नयाँ फिल्म हेर्न समेत दर्शक किन हलमा नआएका होलान् रु भन्ने प्रश्नमा उनी भन्छन्, ‘फिल्म नै गतिलो हुनुपर्‍यो नी ’
     
    दिपेश सापकोटा निर्देशित यो फिल्मको पूरा छायांकनै नभइ प्रदर्शन गरिएको हो । प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारको डबिङ समेत गरिएको थिएन । आफूहरुलाई सुनाएको कथा अनुसार छायांकन नभएको भन्दै कलाकारहरुले फिल्मको प्रचार(प्रसार नै बहिस्कार गरेका थिए । फिल्म कमजोर रहेको जानेरै होला निर्माण टिमले पनि प्रचार(प्रसार खासै गरेन ।
     
    सामान्य समयमा फिल्म प्रदर्शन गरेको भए निर्देशकदेखि कलाकारसम्मलाई समीक्षक र दर्शकबाट गालीको वर्षा हुने थियो । यो समयमा फिल्म प्रदर्शन गरेर निर्माण टिम यसबाट धेरै हदसम्म बचेको छ । तर, फिल्मकर्मीहरुले भने ४० वर्ष फिल्म इन्डस्ट्रीमा विताइसकेका र कयौं सम्झनलायक फिल्म दिएका शिव श्रेष्ठले यसप्रकारको फिल्म बनाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । 
     
    यो फिल्मबाट शिवका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् । यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेको फिल्ममा आयुष्मान देशराज जोशी, संजोग कोइराला, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइराला लगायतको पनि अभिनय छ । फिल्म हेर्ने दर्शक नहुँदा प्रायः मल्टीप्लेक्सहरुले आइतबारबाट सोज संख्या घटाएका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij