
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा बागमती युथ क्लबले सुदूरपश्चिम प्रदेशले फुटबल संघलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५-१ को गोलअन्तरले पराजित गरेको हो ।
बागमतीका लागि असिमता खवास, सहारा लिम्बु र आरती भुजेलले गोल गरे । खवासले ह्याट्रिक गरिन् ।
खेलको १७औं मिनेटमा असिमताले बागमतीलाई अग्रता दिलाइन् । खेलको २६औं मिनेटमा सहाराले बागमतीका लागि दोस्रो गोल गरिन् । ३७औं मिनेटमा आरतीले बागमतीका लागि तेस्रो गोल गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij