
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सिरहामा दुई लघुवित्त संस्थामा महिला समूहले आगजनी गरेका छन् । गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त र जीवन विकास लघुवित्त चोहर्वा शाखामा महिला समूहले मंगलबार आगजनी गरेको हो ।
त्यसक्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरण जलेर नष्ट भएका छन् ।
उनका अनुसार दुई/तीन जनाका दरले ग्राहकजस्तै भएर आएका महिलाले एक्कासी कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएका थिए ।
यसैगरी जीवन विकास लघुवित्तमा पनि दुई वटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको बताइएको छ । लघुवित्त तथा वित्तीय शोषणविरूद्धको संघर्ष समिति, नेपालले घटनाको जिम्मा लिएको छ ।
सरकार र संघर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू संघर्षमा जान बाध्य भएको उक्त समितिका मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले बताए ।
उनले भने, ‘अर्थ मन्त्रालय, राष्ट्र बैंकका प्रतिनिधि र संघर्ष समितिले मिहेनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयन भएन । पीडितहरूले पीडा खप्न नसकेपछि आजको कारबाही भएको हो ।’
आगलागीमा संलग्न रहेको आरोपमा करिब १० जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij