
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुदै छ । दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।
यस खेलको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुदै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij