Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

  • काठमाडौं । बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएको छ । बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।

    images
    images
    images

    जारी टेस्ट सिरिजको पहिलो टेस्टको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पुरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो ।

    यसअघि पहिला ब्याटिंग गर्दै पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रन बनाएर इनिंग घोषणा गर्दै बंगलादेशलाई ब्याटिंगका लागि बोलाएको थियो । बंगलादेशले आफ्नो पहिलो इनिंगमा ५६५ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १४६ रन बनाएर अल आउट भएपछि बंगलादेशले ३० रनको लक्ष्य पाएको थियो ।

    यो जितपछि बंगलादेशले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

    साथै बंगलादेशले टेस्ट क्रिकेटमा आठ देशलाई पराजित गरेको छ । बंगलादेशले अहिलेसम्म अफगानिस्तान, श्रीलंका, अस्ट्रेलिया र आयरल्याण्डलाई एक्क एक खेलमा पराजित गरेको छ भने न्यूजील्याण्डलाई २, वेस्ट इण्डिजलाई ४ र जिम्बाबेलाई ८ टेस्टमा पराजित गरेको छ ।

    अब सिरिजको दोस्रो खेल अगस्त ३० गतेदेखि शुरु हुने छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij