Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पल्सर स्पोर्टस अवार्डको पिपुल च्वाइसको मनोनयन ५ जना सार्वजनिक !

पल्सर स्पोर्टस अवार्डको पिपुल च्वाइसको मनोनयन ५ जना सार्वजनिक !

  • काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०८० को पिपुल च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले ५ जना खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

    images
    images
    images
    क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रिति राई र रग्वीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन् । उनीहरुमध्येबाट भोटिङका आधारमा विजेता घोषणा हुने छ । भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा विजेताको नाम सार्वजनिक गरिने छ । विजेताले पल्सरको एनएस ४ सय सिरिज पाउनेछन् ।

    इसेवाबाट गरिने भोटिङको मतभार ५० प्रतिशत, सामाजिक सन्जालबाट गरिने भोटिङको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलुकद पत्रकार मन्चका सदस्यहरुको मतभारत १२.५ प्रतिशत रहने आयोजकका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

    वर्षको सर्वोत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडीका लागि पनि अवार्ड दिइने छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij