
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को नयाँ अध्यक्षमा फारुक अहमद निर्वाचित भएका छन् ।
ढाकामा बुधबार बसेको आकस्मिक बोर्ड बैठकमा १३ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको नजमुल हसनले पदबाट राजीनामा दिएका हुन् । सन् २०१२ मा शेख हसिना प्रधानमन्त्री हुँदा हसनले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
हसनपश्चात अहमद अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि अहमदले बीसीबीको प्रमुख छनोटकर्ताको भूमिकामा पनि २ पटक सम्हालिसकेका छन् ।
अहमदले सन् २००३ देखि २००७ सम्म र सन् २०१३ देखि २०१६ सम्म प्रमुख छनोटकर्ताको जिम्मेवारी सम्हालेका थिए । आफ्नो दोस्रो कार्यकालमा भने उनले आफ्नो कार्यकाल समाप्त हुन अगाडि नै राजीनामा दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij