
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
३३ वर्षियले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले जर्मनीका लागि १९ गोल गरेका छन् ।
अहिले उनले बार्सिलोना छोडेर म्यानचेस्टर सिटीमै फर्किने चर्चा चलिरहेका बेला उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
उनले क्लब र देशका धेरै खेलहरुका कारण आफुले मानसिक र शारीरिक रुपमा पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij