Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

गायक तिमिल्सिना आफ्नै निवासमा मृत भेटिए

गायक तिमिल्सिना आफ्नै निवासमा मृत भेटिए

  • काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । गायक तिमिल्सिना ललितपुरको भैसेपाटीमा मृत्यु भएको हो ।
    तिमिल्सिना ललितपुर महानगरपालिका–१८ भैसेपाटीस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

    गएराति ९ बजे ओछ्यानमा मृत भेटिएका गायक तिमल्सिनाको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ ।
    गायक तिमिल्सिनाका ‘नमान लाज यसरी’, ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘ ‘नआए नि हुन्थ्यो’, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, जस्ताका दर्जनौं गीतहरू चर्चामा छन् ।
    पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राख्ने तयारी गरिएको छ । त्यसपछि आर्यघाटमा उनको अन्त्येष्टीको लागि महाप्रस्थान हुनेछ ।
    उनी गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij