Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

पहिले 'भाग्यशाली’ को रूपमा चर्चा, अहिले राज्यमन्त्री बन्दा आलोचना

पहिले 'भाग्यशाली’ को रूपमा चर्चा, अहिले राज्यमन्त्री बन्दा आलोचना

  • काठमाडौं । मधेश प्रदेशमा मङ्गलवार मुख्यमन्त्री सतिश कुमार सिंहले पाँच राज्यमन्त्री थपे । जसमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहम्मद जैद आलम चर्चामा छन् ।

    images
    images
    images

    पहिलो पटक क्याबिनेट मन्त्री भइसकेका आलम दोस्रो पटक राज्यमन्त्री बनेकाले उनको आलोचना भइरहेको छ ।

    पहिलो पटक ०७९ माघ २० मा जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।


    आलम रौतहट क्षेत्र नम्बर २ (९) बाट निर्वाचित सांसद हुन् । उनी त्यसअघि राजपुर नगरपालिकाका मेयरमा पराजित भएका थिए ।

    मेयरमा पराजित भए पनि प्रदेश सांसदको टिकट पाएर निर्वाचित भएपछि त्यति बेला ‘भाग्यशाली’को रूपमा चर्चा पाए । अहिले उनै आलम ‘स्वार्थी नेता’ रहेको टीकाटिप्पणी भइरहेको छ ।

    राज्यमन्त्री आलमले पदभन्दा पनि कामलाई आफूले प्राथमिकता दिएको बताए । ‘स्वार्थी नेता’को रूपमा हेर्न नहुने भन्दै पार्टीको निर्णयलाई स्वीकार गर्नुपर्ने भएर राज्यमन्त्री बनेको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij