Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ठूला दल सरकारमा रहेकाले धेरैलाई निरङ्कुशता जन्मिने शंका छ : कोइराला

ठूला दल सरकारमा रहेकाले धेरैलाई निरङ्कुशता जन्मिने शंका छ : कोइराला

  • काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सरकारमा रहेकोले धेरैलाई निरङ्कुशता जन्मिने शंका पनि रहेको बताएका छन्।

    images
    images
    images

    सानेपामा आइतबार भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै कोइरालाले कांग्रेस-एमाले सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने बताए।

    ‘उनले कांग्रेसलाई बलियो बनाउन सकिने पनि बताए। राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएको कोइरालाको भनाइ छ। 

    कांग्रेस र एमाले मिलेर बनाएको सरकारलाई टिकाएर लैजानुपर्ने पनि उनले बताए । उनले कांग्रेसले एक्लै चुनाव लड्ने क्षमता राख्नुपर्ने पनि बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij