
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । रौतहटको गरुडामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका-५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
खोलामा शव तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ ।
मृतकको पहिचान हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij