Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्राफिक जरिवाना अब बैंकिङ प्रणाली मार्फत दाखिलाः कास्की ट्राफिक प्रहरी 

ट्राफिक जरिवाना अब बैंकिङ प्रणाली मार्फत दाखिलाः कास्की ट्राफिक प्रहरी 

  • जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र ग्लोबल आईएमई बैङक न्युरोड शाखाको संयुक्त पहलमा स्थापना भएको एक्सटेन्सन काउन्टर उद्‌घाटन भई विधिवत रुपमा सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठ, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र ग्लोबल आईएमई. बैंक न्युरोड शाखाका प्रमुखले उक्त काउन्टरको सयुंक्तरुपमा उद्घाटन गर्नुभयो ।

    onlinepatrika
    Arghakhachi

     प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठले ट्राफिक प्रहरी पार्दशिता एवं सुशासनको पक्षमा थप एक कदम माथी उठेको बताउदै यस्ता पहलहरुले आमनागरिकमा प्रहरीप्रतीको विश्वसनियतामा वृद्धि हुने बताउनु भयो । यो काउन्टर सञ्चालनमा आएसंगै कास्की जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकले दाखिला गरेको जरिवाना रकम बैँकिङ् प्रणाली मार्फत सिधै राजस्वमा पुग्ने भएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट